छोरी जन्मिएको खुसीमा सोनु आलमले खुवाए ७० बेसहारा ज्येष्ठ नागरिकलाई भोजन ।

छोरी जन्मिएको खुसीमा सोनु आलमले खुवाए ७० बेसहारा ज्येष्ठ नागरिकलाई भोजन ।

कोशी आवाज २०८३ मङ्सिर १२ गते सनिवार ।

बिराटनगर । छोरी जन्मिनु अभिशाप होइन, सौभाग्य हो भन्ने सन्देश दिँदै मानव सेवा आश्रममा विशेष भोजन कार्यक्रमविराटनगर । नेपाली समाजमा अझै पनि कतिपय समुदायमा छोरी जन्मिँदा खुसीभन्दा निराशा व्यक्त गर्ने प्रवृत्ति कायमै छ। विशेषगरी मधेशी समुदायमा छोरी जन्मिनुलाई लिएर परम्परागत सोच र विभेदका उदाहरण देखिने गरेका छन्। तर, मोरङको धनपालथान गाउँपालिका–४ निवासी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोनु आलमले भने छोरी जन्मिएको खुसीलाई सामाजिक सेवासँग जोड्दै सकारात्मक सन्देश दिएका छन्।छोरी जन्मिएलगत्तै मिठाई बाँडेर खुसी साटासाट गरेका आलमले सोही खुसीलाई निरन्तरता दिँदै बिहीबार विराटनगरस्थित मानव सेवा आश्रममा रहेका ७० जना बेसहारा ज्येष्ठ नागरिकलाई भोजन गराएका छन्। आलमसहितको टोलीले आश्रममा पुगेर असहाय आमा–बुवालाई खाना खुवाउँदै छोरी जन्मिएको खुसी मनाएको हो।छोरी जन्मिएको अवसरलाई केवल पारिवारिक उत्सवमा सीमित नराखी समाजका असहाय नागरिकसँग खुसी बाँड्ने आलमको प्रयासलाई सहभागीहरूले प्रशंसा गरेका छन्। छोरी पनि परिवारको गौरव र समाजको शक्ति हुन् भन्ने सन्देश उनको यो कार्यले दिएको छ।भोजन कार्यक्रममा रास्वपाका पूर्व केन्द्रीय सहकारी विभाग सदस्य वीरेन्द्रकुमार शाह, रास्वपा धनपालथान गाउँपालिका सभापति कल्याण पन्त, उपसभापति कृष्ण राय, समाजसेवी तथा युवा नेता राकेश रोशन यादव, प्रतिपकुमार मण्डललगायतको उपस्थिति थियो।कार्यक्रममा बोल्दै रास्वपा नेता वीरेन्द्रकुमार शाहले छोरीको महत्त्वमाथि प्रकाश पार्दै भने, ‘छोरा भाग्यले मिल्छ भने छोरी सौभाग्यले मिल्छ।’ छोरी जन्मिएको खुसीमा सोनु आलमले देखाएको माया, सम्मान र सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको उल्लेख गर्दै उनले यस्तो सोचले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गर्न सहयोग पुग्ने बताए।त्यस्तै, युवा नेता राकेश रोशन यादवले छोरी जन्मिएको अवसरमा बेसहारा ज्येष्ठ नागरिकलाई भोजन गराएर आलमले अनुकरणीय काम गरेको बताए। यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सोच र सेवाभावको विकास गर्ने उनको भनाइ थियो।छोरी र छोराबीच कुनै भेदभाव नगरी समान माया, सम्मान र अवसर दिनुपर्ने सन्देशसहित गरिएको यस कार्यक्रमले जन्मको खुसीलाई मानव सेवासँग जोडेको छ। छोरी जन्मिँदा नाक खुम्च्याउने सोच परिवर्तन गर्न आलमको यो पहलले समाजलाई एउटा सकारात्मक सन्देश दिएको छ।