रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा दुई जनालाई ह्विलचेयर वितरण । कोशी आवाज २०८३ श्रावण ४ गते सोमबार ।
विराटनगर । विभिन्न सामाजिक कार्यमा निरन्तर सकृय रहँदै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दुई जनालाई ह्विलचेयर प्रदान गरेको छ ।
क्लबले शनिबार बुढीगंगा–४ स्थित स्वस्तिक जुट मिल्स प्रालिमा आयोजित कार्यक्रममा दुई जना फरक क्षमता भएका व्यक्तिहरुलाई दुई वटा ह्विलचेयर वितरण गरेको हो ।
बुढीगंगा–७ की सीता कुमारी सिखदार थारु तथा सुन्दरहरैँचा–२ बस्ने सैराकलाल थारु लाई ह्विलचेयर प्रदान गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष सरिता गोल्छाले बताइन् ।
अध्यक्ष गोल्छाले उक्त सहयोगले उनीहरुलाई आवतजावत सहज बनाई आत्मनिर्भरता, सम्मान र जीवनस्तरमा सकारात्मक सुधार ल्याउने र परिवारका सदस्यहरूको हेरचाहमा हुने शारीरिक कठिनाइ पनि कम हुने विश्वास व्यक्त गरिन् । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रसहित विभिन्न सामाजिक कार्य निरन्तर गर्दै आएको छ ।