रंगेली, , असोज २७ ।
कारागार व्यवस्थापन विभागले गएको भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्कन आग्रह गरेको छ।
गृह मन्त्रालय, सुरक्षा निकाय र सरोकारवालाको समन्वयमा फरार कैदीबन्दीलाई फिर्ता ल्याउने कार्य जारी रहेको विभागले जनाएको छ। यसका लागि ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन गरिएको छ।
निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार तोकिएको समयभित्र नफर्कनेलाई प्रचलित कानुनअनुसार कारवाही गरिनेछ। भागेका कैदीबन्दीसम्बन्धी जानकारी उपलब्ध गराउन विभागले सबैलाई आग्रह गरेको छ। साथै, फरारलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी कारवाहीको दायरामा पर्ने चेतावनी दिइएको छ।