कटहरीमा आ”गला”गी, दुई लाख बराबरको क्षति ।

कटहरीमा आगलागी, दुई लाख बराबरको क्षति ।

कोशी आवाज २०८२ असोज १० गते शुक्रबार।

विराटनगर । कटहरी गाउँपालिका–४ फुलटोलमा आज अचानक आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।

स्थानियवासी अरबिन्द कुमार सिंहको टाटीबेरा र टिनको छानो भएको घरमा अज्ञात कारणले आगो लागेपछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो। स्थानियवासी र प्रहरीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट सिंहको घरभित्र रहेको अन्नपात, लत्ताकपडा र अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यस घटनामा मानविय तथा चौपायामा भने कुनै क्षति नभएको पुष्टि गरिएको छ।