राजु अर्याल VS नेपाल प्रहरी : सशस्त्रमा एक्ला राजु रहँदा प्रहरीमा फेरिए पाँच आईजी ।

राजु अर्याल VS नेपाल प्रहरी : सशस्त्रमा एक्ला राजु रहँदा प्रहरीमा फेरिए पाँच आईजी ।

कोशी आवाज २०८२ पुस १७ गते बिहिवार ।

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको नेतृत्व संरचनामा देखिएको फरक अवस्थाले अहिले रोचक चर्चा पाएको छ। सशस्त्र प्रहरी बलका वर्तमान महानिरीक्षक (आईजी) राजु अर्याल २०७९ साल वैशाखदेखि निरन्तर रूपमा संगठनको नेतृत्व गरिरहेका छन् । तर यही अवधिमा नेपाल प्रहरीमा भने पाँच जना आईजी परिवर्तन भइसकेका छन्।

राजु अर्यालसँगै एकैदिन नेपाल प्रहरीको आईजी नियुक्त भएका धिरजप्रताप सिंह अवकाशमा गएपछि नेपाल प्रहरीको नेतृत्व क्रमशः परिवर्तन हुँदै आएको हो। सिंहपछि बसन्त कुँवरले आईजीको जिम्मेवारी सम्हाले । त्यसपछि दीपक थापाले कमाण्ड सम्हाले भने करिब दुई महिनाका लागि चन्द्रकुबेर खापुङले प्रहरी संगठनको नेतृत्व गरे ।

हाल पाँचौँ आईजीका रूपमा दानबहादुर कार्कीले कात्तिक २०८२ देखि नेपाल प्रहरीको कमाण्ड सम्हालिरहेका छन्।

उता सशस्त्र प्रहरी बलमा भने धिरजप्रताप सिंहसँगै आईजी नियुक्त भएका राजु अर्याल हालसम्म पनि निरन्तर कमाण्डमा छन्। अन्य परिस्थिति यथावत् रहेमा अर्यालले चार वर्षे कार्यकाल पूरा गरी २०८३ साल वैशाख १७ गतेदेखि अवकाश पाउनेछन्।

सशस्त्र प्रहरीमा दीर्घकालीन नेतृत्व र नेपाल प्रहरीमा बारम्बार नेतृत्व परिवर्तन हुनुले दुवै संगठनको संरचना, पदावधि र नीतिगत व्यवस्थाबीचको भिन्नतालाई स्पष्ट रूपमा देखाएको छ।