कर्सियामा जीवन विकास लघुवित्तको केन्द्रीय प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।
कोशी आवाज २०८३ बैशाख १८ गते शुक्रबार ।
मोरङ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय कर्सियाले आयोजना गरेको केन्द्रीय प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार धनपालथान गाउँपालिका–४ स्थित शारदा माध्यमिक विद्यालय, कर्सियामा सम्पन्न भएको हो।
कार्यक्रममा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले जीवन विकास लघुवित्तले स्थानीय स्तरमा वित्तीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए।

त्यसैगरी, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवच्छ गच्छदारले संस्थाले महिलाहरूलाई बचतको महत्व बुझाउने, ऋणको सदुपयोग गर्न सिकाउने तथा साना लगानीमार्फत आयआर्जन र आत्मनिर्भर बन्न सहयोग पु¥याएको भन्दै प्रशंसा गरे।
संस्थाका विभागीय प्रमुख अञ्जय मण्डलका अनुसार विभिन्न केन्द्रमा आबद्ध महिलाहरूलाई ‘असल ऋणी’ र ‘उत्कृष्ट बचतकर्ता’ का रूपमा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले अति विपन्न पाँच जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री र विद्यालय पोसाक समेत वितरण गरेको जनाएको छ।

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष श्रीराम चौधरी, वडा नं. ५ का अध्यक्ष गयानन्द सरदार, वडा नं. ६ का अध्यक्ष मो. हुसेन (रोजित), शाखा प्रमुख वासुदेव शाह, हेमनारायण राजवंशी तथा विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद शाहलगायत स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।