कुआरीमा ९.७७ ग्राम स्माकसहित नेपाली नागरिक पक्राउ ।

कुआरीमा ९.७७ ग्राम स्माकसहित नेपाली नागरिक पक्राउ ।

कोशी आवाज २०८३ भदौ २८ गते आइतबार ।

बिराटनगर । भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषधविरुद्धको कारबाहीका क्रममा कुआरी प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले एक नेपाली नागरिकलाई ९.७७ ग्राम स्माकसहित पक्राउ गरेको छ।

शुक्रबार साँझ गोप्य सूचनाका आधारमा मेघा–असराहा सीमा सडकमा निगरानी गर्ने क्रममा मोरङ, कोशी प्रदेशका रौशन जिमि रमाइलोलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट ९.७७ ग्राम स्माक बरामद भएको प्रहरीले जनाएको छ।

कुआरी थानाध्यक्ष विकास कुमारका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।