भारत–पाकिस्तान युद्ध चर्किँदै, नेपालतर्फको आपूर्ति व्यवस्थामा प्रभाव पर्ला ?
कोशी आवज
रंगेली

भारत र पाकिस्तानबीचको युद्ध चर्किँदै गएको छ । पाकिस्तानी सेनाले शनिवार बिहान आधिकारिक रूपमै भारतविरुद्ध जवाफी कारबाही थालेको घोषणा गरेको छ । यसअघि पाकिस्तानले आफ्नोतर्फबाट कुनै कारबाही नभएको दाबी गर्दै आएको थियो ।

अपरेशन बुनयान मरसूस नाम दिइएको जवाफी कारबाहीका क्रममा पाकिस्तानी सेनाले भारतको उधमपुर शहरमा रहेको एयरबेस र पठानकोटको एयरफिल्डलाई निशाना बनाएको छ।

यसबाहेक, पन्जाबको ब्यासमा अवस्थित ब्रह्मोस मिसाइलको भण्डारण स्थलमा पनि आक्रमणको दाबी गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।