हजारौँ नेपाली गोर्खा भारतीय सेनामा कार्यरत छन्, जसले परदेशी भूमिमा पनि आफ्नो साहस र वफादारीको मिसाल बनाएका छन्।

हजारौँ नेपाली गोर्खा भारतीय सेनामा कार्यरत छन्, जसले परदेशी भूमिमा पनि आफ्नो साहस र वफादारीको मिसाल बनाएका छन्।

कोशी आवाज २०८२ बैशाख २७ गते सनिवार

बिराटनगर। भारत–पाकिस्तानबीचको युद्धको खबरले सबैको मन भारी बनाएको छ, तर सबैभन्दा धेरै चिन्तित छन् ती नेपाली आमा–बुबा, श्रीमती र छोराछोरी, जसका प्रियजनहरू भारतीय सेनामा गोर्खा सैनिक भएर सीमामा उभिएका छन्। अहिले हजारौँ नेपाली गोर्खा भारतीय सेनामा कार्यरत छन्, जसले परदेशी भूमिमा पनि आफ्नो साहस र वफादारीको मिसाल बनाएका छन्।

तर वीरताको त्यो गौरवभन्दा ठूलो हुन्छ एक आमाको आँसु, एक पत्नीको छटपटी र एक बालकको बुबा फर्कने आशा। सामाजिक सञ्जालमा उनीहरूले पोखेका पीडा सुन्दा हृदय थाम्न गाह्रो पर्छ। युद्ध सधैं वीरताको कुरा मात्रै होइन, पीडाको समुद्र पनि हो — जहाँ हर एक गोलीसँगै कुनै न कुनै घरको चुलो निभ्ने खतरा हुन्छ।

आज हामी सबैको मन एउटै प्रार्थनामा जोडिएको छ — पशुपतिनाथले हाम्रो छोराहरूको रक्षा गरुन्। युद्ध नहोस्, यदि भयो भने पनि उनीहरू सकुशल फर्कून्। वीरताको कथा लेख्दा शोकका अक्षर नपरोस्।

हामी यहाँबाट बल र आशीर्वाद पठाइरहेका छौं — देशका लागि उभिएका ती वीर गोर्खाहरूलाई नमन।

युद्ध होस् वा शान्ति– हाम्रो एक मात्र कामना छ,
“हाम्रो गोर्खा छोराहरू सकुशल फर्कुन्।
अनि फेरि हाँसो फिर्ता आओस् यी घरआँगनमा।”