ममता ताजपुरिया राजबंशी समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा चयन ।
कोशी आवाज २०८२ पुष १५ गते मंगलवार ।
मोरङ । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मोरङको उर्लाबारी–४ निवासी ममता ताजपुरिया राजबंशी आदिवासी जनजाति महिला कोटाबाट समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा चयन हुनु भएकी छन्। यससँगै उहाँको संघीय संसद सदस्य बन्ने सपना यस पटक साकार हुने निश्चित भएको छ।
निरन्तर संघर्ष, त्याग र बलिदानको प्रतीकका रूपमा परिचित ममता ताजपुरिया राजबंशी एक साहसी, निडर तथा प्रेरणादायी महिला नेत्रीका रूपमा चिनिनुहुन्छ। यसअघि दुई पटक समानुपातिक बन्द सूचीमा समावेश हुँदा पनि सांसद बन्ने अवसरबाट वञ्चित रहनु भएकी उहाँलाई यस पटक पार्टीले विशेष प्राथमिकता दिएको हो।
सानै उमेरदेखि जनयुद्धमा सक्रिय भई भूमिगत राजनीतिक जीवन सुरु गरेकी ममताले २९ महिना चरम यातना सहँदै जेल जीवन बिताइसक्नु भएको छ। संघर्षका ती कठिन दिनहरूले उहाँलाई अझ दृढ, अनुशासित र जिम्मेवार नेतृत्वकर्ताको रूपमा स्थापित गरेको पार्टी नेताहरू बताउँछन्।
पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेकी ममता ताजपुरिया राजबंशी हाल कोचिला राष्ट्रिय मुक्तिमोर्चा नेपालकी केन्द्रीय अध्यक्ष समेत रहनु भएको छ। यस पटक क्षेत्र नम्बर–१, प्रदेश नम्बर–१ बाट उहाँको एकल सिफारिस हुँदै पार्टी केन्द्रीय कार्यालयबाट विशेष प्राथमिकता दिनु उहाँप्रतिको विश्वास र योगदानको स्पष्ट प्रमाण मानिएको छ।
अध्ययनशील, अनुशासित र संगठनप्रति निष्ठावान नेतृका रूपमा परिचित ममता लामो समयसम्म कुनै व्यक्तिगत लाभको पदमा नरही सधैँ पार्टीले दिएको जिम्मेवारीलाई इमान्दारी र कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ।
राजबंशी समुदायबाट उदाएकी पहिलो महिला नेतृत्वकर्ताका रूपमा ममता ताजपुरिया राजबंशी आज हजारौँ महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। उहाँको राजनीतिक यात्रालाई “संघर्ष कहिल्यै खेर जाँदैन” भन्ने भनाइको जीवन्त उदाहरणका रूपमा हेरिएको छ।
पार्टी संयोजक प्रचण्डको विशेष नजरमा पर्न सफल ममता केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरू माझ विश्वासको पात्रका रूपमा स्थापित हुनुहुन्छ।
लामो संघर्षपछि प्राप्त यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई समग्र आदिवासी जनजाति महिला आन्दोलनको ऐतिहासिक उपलब्धि भएको विश्लेषकहरू बताउँछन्।