विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित दर्ता गर्दै पहिलो क्वालिफायरमा प्रवेश ।
कोशी आवाज २०८२ मङ्सिर २० गते शनिबार ।
बिराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्समाथि ६ विकेटको सनसनीपूर्ण जित दर्ता गर्दै पहिलो क्वालिफायरमा प्रवेश गरेको छ।
सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य १४ ओभरभित्र पूरा गर्नुपर्ने अवस्थामा विराटनगरले ११.५ ओभरमै लक्ष्य पार गर्दै प्रभावशाली जित हात पारेको हो।
यस जितपछि विराटनगर १० अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। काठमाडौँ गोर्खाजसँग समान १० अंक भए पनि रनरेटका आधारमा विराटनगर अघि रह्यो। लामो समय शीर्ष स्थानमा रहेको सुदूरपश्चिम भने आजको हारसँगै लगातार ६ खेलबाट आएको जित–श्रृंखलामा पूर्णविराम लागेको छ।