बिराटनगर, मोरङ — २०८२ साल कार्तिक १८ गते साँझ करिब ५:४० बजे बिराटनगर महानगरपालिका–३ खार्जीचोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार को.२८.प.७५४४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ४६ वर्षीया रिना लिम्बुलाई ठक्कर दिएको थियो। दुर्घटनामा लिम्बुको पेट र टाउकोमा चोट लागी उनको अवस्था मध्यम रहेको छ।
मोटरसाइकल चालक तिनपैनी निवासी २७ वर्षीय उमंग दाहाल र पछाडि सवार २७ वर्षीय मोहित रजक पनि घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने घाइतेहरूलाई उपचारका लागि विराट टिचिङ अस्पताल गंगाचोक पठाइएको छ।
घटनास्थलमा प्रहरी चौकी बरगाछीबाट प्रहरी महेश कट्वालको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल नियन्त्रणमा लिएर बरगाछीमा ल्याई राखेको छ।