

लागू औषध दुर्व्यसन, ओसारपसार तथा नियन्त्रण” सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न..
कोशी आवाज २०८२ असार १२ गते बिहीबार।
मोरङ रंगेली। “लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्द अन्तर्राष्ट्रिय दिवस २०८२” को अवसरमा २०८२/०३/११ गते जिल्ला मोरङ विराटनगर स्थित जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना तथा गैर सरकारी संस्था महासंघ नेपाल मोरङ जिल्ला शाखाको सहकार्यमा मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा गैर सरकारी संस्थाका पदाधिकारीहरु, सरोकारवाला निकाय, पत्रकार तथा वुद्धिजिवी लागायत जम्मा ७६ जना मानिसहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक हस्त बहादुर सुनारले लागू औषध दुर्व्यसन, ओसारपसार तथा नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गर्नुभएको
कार्यक्रममा विशेष अतिथिको रुपमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ज्यूहरु, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया रास्ट्रिय अनुसन्धान विभाग मोरङ जिल्ला प्रमुख राजन शर्मा सापकोटा सशस्त्र प्रहरी बल मोरङका स.प्र.ना.उ. प्रकाश खतिवडा, अधिवक्ता सिता पौडेल, कोशी प्रदेश अस्पताल विराटनगरका डा.रुना झा लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।