

गृहमन्त्री रमेश लेखक :सशस्त्र प्रहरीले मातृभूमि रक्षा गरिरहेको छ ।
कोशी आवाज २०८२ असार १२ गते बिहिवार ।
मोरङ रंगेली। गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा गर्ने जिम्मेवार महत्त्वपूर्ण भएको बताएका छन्।सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित ‘वरिष्ठ अधिकृतको सम्मेलन २०८२’ को समापन समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले मातृभूमि रक्षा गरिरहेको बताएका हुन्।
हाइड्रोपावरका साथै विभिन्न उद्योगहरूमा राज्यले सुरक्षा दिने भए पनि खर्च भने सम्बन्धी उद्योगले व्यहोर्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको गृहमन्त्री लेखकले बताए। नागरिक तहमा सशस्त्र प्रहरीप्रति भरोसा बढिरहेको उनको भनाइ छ।
सशस्त्र प्रहरी बलका लागि गृह मन्त्रालय गम्भीर रहेको भन्दै आधारभूत आवश्यक पूरा गर्न लागि पर्ने गृहमन्त्री लेखकको भनाइ छ । मन्त्रालयबाट नीतिगत र कानुन मार्गदर्शन गर्ने काम हुने भन्दै सशस्त्र प्रहरीको काम कारबाहीमा कुनै हस्तक्षेप नरहने उनले बताए।
साथै सशस्त्र प्रहरीलाई मनसुनजन्य विपद्का लागि तयारी अवस्थामा रहन गृहमन्त्री लेखकको निर्देशन छ । ‘जिम्मेवारी लिएपछि जबाफदेही हुनुपर्छ । सबै प्रदेशका सशस्त्र प्रहरीको प्रमुखले राजस्व चुहावट र विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनमा केन्द्रित हुनुहोला,’ उनले भने।
राजस्व चुहावटमा नियन्त्रण देखिने गरी काम गर्न गृहमन्त्री लेखकले कडा निर्देशन दिए।