मोरङ — सुन्दरहरैचा नगरपालिका–८ सलकपुर पाथिभरा मन्दिर नजिकै पूर्व–पश्चिम राजमार्गमा गत कार्तिक १६ गते राति करिब १२:१० बजे सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
गछिया बाट बिराटचोकतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३३ प ६६०० नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक मोरङ केराबारी गाउँपालिका–१० निवासी ४२ वर्षीय रंजन सावकोटा घाइते भएका हुन्। उनको दाहिने हात र छातिमा चोट लागेको र उपचारका लागि बिराट टिचिङ अस्पताल, बिराटनगर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट प्रहरी टोली खटिएको र सो स्कुटर नियन्त्रणमा लिएर कार्यालयमा राखिएको छ।