सर्लाहीमा रङ्गेली टु काठमाडौँ समय बस र ट्रक ठोक्किँदा ११ जना घाइते ।

सर्लाहीमा रङ्गेली टु काठमाडौँ समय बस र ट्रक ठोक्किँदा ११ जना घाइते ।

कोशी आवाज २०८२ असोज ८ गते बुधबार।

विराटनगर । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जंगलको दोस्रो लच्का नजिकै बुधबार दिउँसो यात्रुवाहक बस र चामल लोड ट्रक ठोक्किँदा ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी चौकी फुलजोरका अनुसार काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६३०६ नम्बरको ‘समय’ यातायातको बस र महोत्तरीको रामगोपालपुरबाट भैरहवा जाँदै गरेको ना६ख २९२८ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्। बसमा ३९ जना यात्रु सवार थिए।

ठोक्किएपछि दुवै सवारी साधन सडक छेउमा पल्टिएका थिए। दुर्घटनाको खबर पाएलगत्तै प्रहरीको पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले सडक अवरुद्ध नभएको र थप अनुसन्धान भइरहेको जनाएको छ।

घाइतेमध्ये केहीको अवस्था सामान्य छ। उनीहरूलाई बर्दिबास र लालबन्दीस्थित अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।

शुभस्वस्तिक अस्पताल, बर्दिबासमा उपचाररत घाइतेहरू:

लाल कुमारी श्रेष्ठ (४०), मोरङ, रंगेली नगरपालिका

युनिशका राउत (१५), मोरङ, रंगेली–९

सविता रेग्मी (३९), मोरङ, विराटनगर–३

प्रिसा भट्टराई (८), मोरङ, विराटनगर–३

रामशरण मण्डल, भारत, हाल काठमाडौँ

लोकबहादुर विक (५२), मोरङ, कोशी हरैचा–९

मोडल अस्पताल, लालबन्दीमा उपचाररत घाइते:

सविक्षा राई (२९), मोरङ, विराटनगर–४

सवारी चालक र सहचालक:

ट्रक चालकः राजु चौधरी (२६), सर्लाही, हरिपुरवा–८

ट्रक सहचालकः महेश महतो (२७), धनुषा, क्षिरेश्वर–७

बस चालकः प्रेम कोइराला (४०), मोरङ, विराटनगर–३

बस सहचालकः जनक चौधरी (४६), मोरङ, बेलबारी–४