रंगेली–४ का एमाले पाटी बाट निर्वाचित भएका वडा सदस्य माघ महिनामै राजीनामा दिए, हाल मात्र खुलासा ।
कोशी आवाज २०८२ असोज ८ गते बुधबार।
रंगेली । मोरङको रंगेली नगरपालिका–४ का नेकपा एमालेबाट निर्वाचित वर्तमान वडा सदस्यले माघ महिनामै पार्टी र वडा सदस्य दुवै पदबाट राजीनामा दिएको खुलासा भएको छ।
नेकपा एमालेको तर्फबाट विजयी भएका उनी पार्टीभित्रको आन्तरिक मतभेदका कारण असन्तुष्ट रहँदै आएका थिए। सोही क्रममा उनले माघ महिनामै लिखित राजीनामा बुझाए पनि उक्त विषय बाहिर सार्वजनिक भने भएको थिएन।
हाल उक्त राजीनामा पत्र सार्वजनिक भएपछि स्थानीय राजनीति तताएको छ। निर्वाचनमा एमालेको पक्षमा ठूलो विश्वास व्यक्त गरेका मतदाताले यो घटनाप्रति आश्चर्य प्रकट गरेका छन्।
यस विषयमा नेकपा एमाले रंगेली नगर कमिटीले भने औपचारिक प्रतिक्रिया अझै दिइसकेको छैन।