रत्ना राजवंशीको केन्द्रीय सदस्यमा उम्मेदवारी ।

रत्ना राजवंशीको केन्द्रीय सदस्यमा उम्मेदवारी ।

कोशी आवाज २०८३ असोज २० गते मंगलबार ।

बिराटनगर । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत झापा, बाह्रदशी गाउँपालिकाकी पूर्व उपाध्यक्ष तथा राजवंशी समाजकी अग्रज नेतृत्व रत्ना राजवंशीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ।

आदिवासी कोच/राजवंशी समुदायको प्रतिनिधित्व गर्दै लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहनुभएकी राजवंशीले कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको हो।

महिला तथा आदिवासी कोच/राजवंशी समुदायको प्रतिनिधित्वलाई राष्ट्रिय राजनीतिक तहमा स्थापित गर्ने उद्देश्यसहित उहाँले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको बताइएको छ।

राजवंशीले समुदायका सामाजिक, राजनीतिक तथा अधिकारका विषयलाई राष्ट्रिय राजनीतिक तहमा उठाउँदै आएको जनाइएको छ। उहाँको उम्मेदवारीलाई महिला तथा आदिवासी कोच/राजवंशी समुदायको प्रतिनिधित्वका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ। महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यसहित विभिन्न पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ।