लेटाङमा मोटरसाइकल दुर्घटना, चालक घाइते ।

लेटाङमा मोटरसाइकल दुर्घटना, चालक घाइते ।

कोशी आवाज २०८२ असोज ३ गते शुक्रबार।

विराटनगर । लेटाङ नगरपालिका–५ खेरुवा स्थित भित्री सडक खण्डमा बिहान मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्ति घाइते भएका छन्।

लेटाङबाट मझुवा तर्फ जाँदै गरेको को ३१ प ५२७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनापछि इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटिएर घाइतेलाई उद्धार गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोरङ, लेटाङ–५ बिमिरे टोल बस्ने ४० वर्षीय विश्व सुबेदी घाइते भएका छन्। उनको टाउको र मुखमा चोट लागेको छ। उपचारको लागि उनलाई नोबेल अस्पताल, विराटनगर पठाइएको प्रहरीले जानकारी दिएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनामा परिएको मोटरसाइकल इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको छ।