भारतको पञ्जाब राज्यभरका विद्यालय आगामी तीन दिनसम्म बन्द रहने
रंगेली
कोशी आवाज

भारतको पञ्जाब राज्यभरका विद्यालयहरू आगामी तीन दिनसम्म बन्द रहने राज्यका शिक्षामन्त्री हरजोत सिंह बैन्सले बताएका छन् ।

“विकसित अवस्थालाई ध्यानमा राख्दै पञ्जाबका सबै स्कुल, कलेज र विश्वविद्यालयहरू (सरकारी, निजी र सहायता प्राप्त) आगामी तीन दिनको लागि पूर्ण रूपमा बन्द रहने आदेश दिइएको छ,” हरजोत सिंह बैन्सले एक्समा पोस्ट गरे ।

उनको घोषणा पञ्जाबलगायत अधिकांश स्थानलाई लक्षित गरी भएको पाकिस्तानी आक्रमणपछि आएको हो, जुन कुरा पाकिस्तानले अस्वीकार गरेको छ ।