

रङ्गेली नगरपालिका रङ्गेली वार्ड नं ७ अवस्थित संसारीमाई मन्दिर अगाडि मदिरा बिक्री रोक्न विभिन्न सामाजिक सञ्जाल मिडियाबाट आए तापनि नगरपालिका र व्यवस्थापन समिति यस विषयमा मौन।
रङ्गेली नगरपालिका वार्ड नं ७ स्थित संसारीमाई मन्दिर अगाडि मदिरा बिक्री भइरहेको विषयमा हामीले गत साल रिपोर्टिङ गरेका थियौं। समाचारमा रहेका तथ्यहरूसँगै, हामीले सम्बन्धित निकाय संसारीमा व्यवस्थापन समिति र रंगेली नगरपालिकालाई पनि यस समस्याबारे ध्यानाकर्षण गराएका थियौं।
रङ्गेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले हामीलाई आश्वासन दिएका थिए कि उनले बोट मिटिङ बसाएर यो विषयमा छलफल गर्नेछन् र कानुन विपरीत रूपमा मध्यप्रदार्थ रक्सी पसल खोलिएको पाइएमा आवश्यक कारबाही गरिनेछ।
तर, अहिले पाँच महिना बितिसक्दा पनि रङ्गेली नगरपालिकाले भनेको चासो र कदम चाल्नेलाई कुनै गतिविधि देखिएको छैन। मन्दिरको अगाडि कानुन विपरीत मदिरा बिक्रीको घटना निरन्तर भइरहेका छन्, जुन स्थानीय समुदायका लागि चिन्ताको विषय बनेको छ।
स्थानीयवासीले भनेका छन् कि सार्वजनिक मठ मन्दिर स्कुल ३०० मिटर छोडी सम्बन्धित निकायले नियम लागू गरेको थियो। तर हाल सम्म मदिरा बिक्रीले समाजमा समस्या र विकृति ल्याएको छ र यसलाई रोक्न नगरपालिका संस्थाले अगाडि बढ्नुपर्ने बताएका छन्।
यस विषयमा रङ्गेली नगरपालिका र संसारीमाई व्यवस्थापन समितिलाई ध्यानाकर्षण गराउँदै छ कि स्थानीय सुरक्षा र शान्ति कायम राख्न अविलम्ब कदम चाल्नुपर्दछ। यदि यस समस्यालाई छिटो समाधान गर्न सकेन भने, रङ्गेलीमा मन्दिरको अगाडि मदिरा बिक्रीले संसारी माई मन्दिरको कुप्रचार हुन्छ भन्ने गम्भीर समस्या निम्त्याउने सम्भावना देखिएको छन्।
रङ्गेली नगरपालिकाको ध्यान यो सन्देशमा केन्द्रित गरिनु आवश्यक छ कि तिनीहरूले आफ्नो वचनमा खरा उत्रनु पर्छ र मन्दिर क्षेत्रबाट मदिरा पसल बन्द गरी यहाँ मदिराको गतिविधिलाई समाप्त गर्न चासो देखाउनु पर्छ। स्थानीय जनताको सुरक्षाको सुनिश्चितता गर्नु नगरपालिकाको प्रमुख उत्तरदायित्व हुनुपर्नेछ