रङ्गेली नगरपालिकामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न ।

रङ्गेली नगरपालिकामा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न ।

कोशी आवाज २०८२ साउन २५ गते आइतबार ।

मोरङ्ग जिल्ला,। रङ्गेली – पब्लिक मावि विका पूर्व बिद्यार्थी मञ्चद्वारा आयोजित नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता एक सफलतापूर्वक सम्पन्न भएको छ। यस प्रतियोगितामा पालिका भरिका १३ वटा माविले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा महालक्ष्मी माध्यामिक विद्यालय, रङ्गेली ८ दर्वेशाले द्वितीय स्थान हासिल गर्न सफल भएको छ। विद्यालयले यस उपलब्धिमाथि गर्व गर्दै, बिजयी विद्यार्थीसँग एक विशेष कार्यक्रमको आयोजना गरेको छ, जहाँ विद्यालयका शिक्षक र स्टाफहरूले उनीहरूलाई सम्मान र हौसला प्रदान गरेका छन्।यस अवसरमा रङ्गेली नगरपालिकाका वडानं ८ का वडाध्यक्ष, श्री ढकप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयका शिक्षक र विद्यार्थीहरूको उच्च सफलता र उपलब्धिको कामना गर्नुभएको थियो। उहाँले यस्तो प्रकारका प्रतियोगिताहरूले विद्यार्थीहरूको प्रतिभा विकसित गर्न र विद्यालयको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताएका छन्।बिजयी विद्यार्थीहरूलाई सम्मान गर्दै विद्यालयले उनीहरूको प्रयासको कदर गरेको छ र भविष्यका लागि थप प्रोत्साहन प्रदान गरेको छ। प्रतियोगितामा विभिन्न समस्यामा सहभागी विद्यार्थीले आफ्नो बुद्धिमानी र ज्ञान प्रदर्शन गरेका थिए, जुन स्थानिय शिक्षाको विकासमा महत्वपूर्ण छ।

यस सफलताले महालक्ष्मी माध्यामिक विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीहरूको मेहनतलाई दर्शाउँछ। विद्यालयले निरन्तर शैक्षिक गुणस्तर सुधार्न र युवाहरूसँग मिलेर अघि बढ्न प्रतिबद्धता जनाइरहेको छ।