विराटनगरमा धारिलो ह#तियार प्र#हार, एक जना घाइते ।
विराटनगरमा धारिलो हतियार प्रहार, एक जना घाइते ।

कोशी आवाज २०८२ भदौ २३ गते सोमबार ।

विराटनगर । विराटनगर महानगरपालिका–११ चण्डी बस्ने २२ वर्षीय अभिषेक राई धारिलो हतियार प्रहारबाट घाइते भएका छन्।

सोमबार साँझ सोही वडा निवासी ३५ वर्षीय रबिन राईसँग सामान्य विवाद हुने क्रममा रबिनले धारिलो हतियार प्रयोग गरी अभिषेकलाई आक्रमण गरेका प्रहरीले जानकारी दिएको छ।

घाइते अभिषेकलाई तत्कालै उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको र उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

घटनापछि खटिएको प्रहरी टोलीले आक्रमणमा संलग्न रबिन राईलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बिनमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।