डा.सुनील शर्मा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मतसहित निर्वाचित ।
कोशी आवाज २०८३ असोज १६ गते शुक्रबार ।
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट डा. सुनील शर्मा महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ।
खुलातर्फ १० जना प्रतिनिधि चयन हुनेमा १५ जनाको उम्मेदवारी परेको थियो। शर्माले ६४८ मत प्राप्त गर्दै खुलातर्फ सर्वाधिक मतसहित विजयी हुनुभएको हो।
खुलातर्फ शर्मासहित जिल्ला सचिव ललितबहादुर श्रेष्ठ, प्रदेश सभाका पूर्वसांसद सूर्यराज राई, शिवप्रसाद ढकाल, महेन्द्रप्रसाद सुवेदी, गोपालबहादुर थापा, सञ्जय भट्टराई, गणेशकुमार खड्का, लोकप्रसाद संग्रौला र लोककिरण न्यौपाने निर्वाचित हुनुभएको छ। निर्वाचितमध्ये शिवप्रसाद ढकाल र लोककिरण न्यौपाने पहिलोपटक महाधिवेशन प्रतिनिधि बन्नुभएको हो।
महिला खुलातर्फ नितु कोइराला, रेखाकुमारी चौहान, राधा संग्रौला र कविता न्यौपाने निर्वाचित हुनुभएको छ।
आरक्षणतर्फ जनजातिबाट मानबहादुर लिम्बू र विक्रम राई तथा जनजाति महिलातर्फ वीना राई र तुलसा याक्खा निर्वाचित हुनुभएको छ। खसआर्य पुरुषतर्फ बाबुराम दाहाल र विमल संग्रौला निर्वाचित हुनुभएको छ।
युवा आरक्षणतर्फ सुविन पराजुली, गिरिसकुमार साम्बा र एरिका ढकाल निर्वाचित हुनुभएको छ। दलिततर्फ भुपेन्द्र रणपहेली निर्वाचित हुनुभएको छ।
त्यस्तै, प्रजातन्त्र सेनानीतर्फ बसन्त भट्टराई, पेशागत विषय विज्ञतर्फ केशव निरौला र अपाङ्गतातर्फ गंगाबहादुर याक्खा निर्वाचित हुनुभएको छ।
यसअघि खसआर्य महिलातर्फ कृष्णकुमारी विष्ट, दलिततर्फ विजय तोलाङ्गी र श्रमिकतर्फ रुपनारायण भट्टराईको एकल उम्मेदवारी परेकाले उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको थियो।
कांग्रेसको १५औँ महाधिवेशनमा क्षेत्रीय सभापति, प्रदेश निर्वाचन क्षेत्रका सभापति तथा गाउँ/नगर सभापतिलाई समेत केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको छ।