कोशी लोकमार्गमा स्कुटर दुर्घटना, दुई जना घाइते ।

कोशी लोकमार्गमा स्कुटर दुर्घटना, दुई जना घाइते ।

कोशी आवाज २०८२ साउन २७ गते मंगलबार ।

मोरङ रङ्गेली । बुढिगंगा गाउँपालिका–४ नेमुवा चौकस्थित कोशी लोकमार्गमा आज बिहान भएको एक स्कुटर दुर्घटनामा दुई जना घाइते भएका छन्।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ प ८००१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडकमा पल्टिँदा चालक र पछाडि सवार दुबै जना घाइते भएका हुन्।

घटनामा विराटनगर महानगरपालिका–७ निवासी २८ वर्षीय सरोज खनको हातखुट्टामा चोट लागेको छ। उनी मध्यम घाइते भएको बताइएको छ। स्कुटरमा पछाडि सवार विराटनगर–४ की २१ वर्षीया निकिता भुजेल सामान्य घाइते भएकी छन्।

घटनापछि दुवै घाइतेलाई बिराट टिचिङ अस्पताल, गंगाचोक पठाइएको छ। अहिले उनीहरूको उपचार भइरहेको छ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी टोली खटिएको थियो। हाल स्कुटर प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, नेमुवाले जानकारी दिएको छ ।