जहदा मोटरसाइकल एक वापसमा ठक्कर खाई दुर्घटनामा तीन जना घाइते ।

जहदा मोटरसाइकल एक अर्कामा ठक्कर खाई दुर्घटनामा तीन जना घाइते ।

जहदा गाउँपालिका वार्ड नं. ४ मधरा टोलस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भएका छन्। घटनामा संलग्न मोटरसाइकलहरूमा को.६ प. ६६२८ र को.१ प. २९३८ रहेका थिए।

घटनाको विवरण अनुसार, को.६ प. ६६२८ नं. को मोटरसाइकल चालक सन्तोष शर्मा (वर्ष ३०) र को.१ प. २९३८ नं. को मोटरसाइकल चालक अजय मुखिया (वर्ष ३२) बीच ठक्कर भएको हो। दुर्घटनामा सन्तोष शर्माका नाक, कान र दुबै हातमा चोट लागेको छ भने सन्तोषको पछाडि सवार श्यमा शर्मा (वर्ष ५०) को टाउकोमा चोट लागेको छ। अजय मुखिया पनि घाइते भएका छन्, जसले हात र मुखमा चोट लागेको छन्।

घाइते सबैलाई उपचारको लागि बिराटनगरको बिराट टिचिङ अस्पतालमा भर्ना गरिएको छ। उनका अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

दुर्घटनामा संलग्न को.६ प. ६६२८ नं. को मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पोखरिया घटनाको थप अनुसन्धान गरिरहेको छ र को.१ प. २९३८ नं. को मोटरसाइकल चालकको आफन्तलाई जानकारी जिम्मा लगाएको छ।