सर्वदलिय वैठक वाट शिक्षा सुधारको नाममा गरिएको निर्णय प्रक्रिया प्रति शिक्षक महासंघ रंगेली नगर समितिको घोर आपत्ति ।

सर्वदलिय वैठक वाट शिक्षा सुधारको नाममा गरिएको निर्णय प्रक्रिया प्रति शिक्षक महासंघ रंगेली नगर समितिको घोर आपत्ति 

कोशी आवाज २०८२ असार ३१ गते मंगलवार ।

मोरङ रंगेली । रंगेली नगरपालिकाको आयोजनामा मिति २०८२/३/२७ गते शनिवार वसेको सर्वदलिय वैठक वाट शिक्षा सुधारको नाममा गरिएको निर्णय प्रक्रिया प्रति शिक्षक महासंघ रंगेली नगर समितिको घोर आपत्ति छ । अझ निर्णय नं-५ मा रंगेली नगरपालिका भित्रका विद्यालयमा अध्यापन गराईरहेका शिक्षक सोही वडाको वासिन्दा भएमा निजलाई अर्को वडामा अन्तर वडा सरुवा गर्ने बुँदामा शिक्षक सम्वद्ध छाता संगठन नेपाल शिक्षक महासंघलाई कुनै जानकारी नै नदिई नगरपालिका र दलहरुको एकल निर्णयले समग्र शिक्षकहरुमा आतडक सिर्जना भएको हुंदा उक्त निर्णय प्रति नेपाल शिक्षक महासंघ घोर भर्त्सना गर्दछ साथै उक्त निर्णयमा सहमति जनाउने राजनैतिक दलहरु प्रति पनि शिक्षक महासंघ घोर आपत्ती प्रकट गर्दछ । दलहरुको उक्त कार्यले शिक्षकहरुलाई जवर्जस्ती राजनीतिमा होमिन वाध्य वनाएको महसुस समेत महासंघले गरेको छ ।शैक्षिक गुणस्तर वृद्धिका नाममा गरिएका यस प्रकारका निर्णयले समग्र शिक्षकहरुमा मानसिक तनाव सिर्जना हुने भएको हुदा नगरपालिकाले कस्तो खालको गुणस्तर खोजेको हो भनि द्धिविधा उत्पन्न भएको छ?यस विषयमा नगरपालिका तथा दलहरुलाई कुनै पनि निर्णय लिनु अघि गम्भिर हुन समेत सचेत गर्दछ। पालिका तथा सर्वदलिय वैठकवाट निर्णय गरिएको वुदा नेपालको संविधान २०७२, शिक्षा ऐन २०२८ र संसोधित शिक्षा नियमावली २०५६ को विपरित भएको नेपाल शिक्षक महासंघ रंगेलीले ठहर गरेको हुंदा उक्त निर्णय अविलम्व फिर्ता लिन नेपाल शिक्षक महासंघ रंगेली जोडदार माग गर्दछ साथै विगतमा नेपाल शिक्षक महासंघको रास्ट्रीय आन्दोलनको मर्मविपरित राजनितीक दलका प्रतिनिधि र नगर प्रमुख, उपप्रमुख एवं प्रमुख प्रसासकिय अधिकृतको उपस्थितीमा गरिएको निर्णय प्रति नेपाल शिक्षक महासंघ रंगेली नगरसमिति घोर भर्त्सना गर्दछ साथै उक्त निर्णय नसच्एिमा महासंघले अगाडी चाल्ने कदमवाट उत्पन्न हुने परिस्थीतीको जिम्मेवार स्वयं स्थानिय पालिका र राजनितिक दलले लिनु पर्नेछ ।अन्तमा विद्यालय शिक्षा सुधारका लागी ऐन नियम वनाउँदा सम्वन्धित पक्षको उपस्थिती अनिवार्य हुनु पर्ने सर्वमान्य सिद्धान्तलाई अवलम्वन गरि अगाडी वढन नेपाल शिक्षक महासंघ रंगेली सचेत गराउँदछ ।