धनकुटामा एकैपटक ४ वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ ।

धनकुटामा एकैपटक ४ वटा सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ ।

कोशी आवाज २०८२ असार ९ गते सोमबार ।

मोरङ,रंगेली । धनकुटाको पाख्रीबास नगरपालिका–६ डिकुरेमा दुईतर्फी सडक अवरुद्ध भएको हो । सडकमा बिग्रिएर पछाडि सरेको प्रदेृश १–०२–००२ ख ६६१ नम्बरको ट्रक पछाडि सरेर प्रदेश १–०२–००१ क ४८९१ नम्बरको टिपरलाई ठक्कर दिएको थियो ।

 

उक्त टिपरले प्रदेश १–०२–००१ ज ४१७८ नम्बरको ईभी गाडीलाई ठक्कर दियो । त्यसपछि ईभी गाडी पछाडि सरेर प्रदेश १–०२–००१ क ४८९२ नम्बरको ट्रकलाई ठक्कर दिँदा बाटो पूर्ण रुपमा बन्द भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तर, दुर्घटनामा परेका ४ वटा सवारीसाधन सडकमै रहेकाले दुवैतर्फ आवतजावत गर्ने बाटो अवरुद्ध भएको खनालले बताए ।