

सन्दीप लामिछानेको क्यानबाट बाहिरिने घोषणा
कोशी आवाज २०८२ वैशाख ३१ गते बुधबार ।
राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पार्दै उनले थपे, ‘कहिलेकाहीं निर्णयहरू अलगिन होइन, बरु अझ मजबुत भएर अघि बढ्न लिइन्छन्। मेरो समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको छ।’
अन्त्यमा उनले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाईंहरूको विश्वास र समर्थनले नै मलाई सधैं प्रेरित गरिरहेको छ। यो यात्रा अझै बाँकी छ।’
उनी केन्द्रीय सम्झौता अन्तर्गत क्याटेगोरी ए मा समावेश थिए ।
यसबारेमा क्यानले भने कार्यसमिति बैठक बसेर मात्र के निर्णय लिने भन्ने थाहा हुने जनाएको छ ।