प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान पञ्जाबको आदमपुर एयर फोर्स स्टेशनको भ्रमण गरेका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान पञ्जाबको आदमपुर एयर फोर्स स्टेशनको भ्रमण गरेका छन्।

कोशी आवाज २०८२ वैशाख ३० गते मङ्गलबर

यो त्यही ठाउँ हो जुन हालै भारत–पाकिस्तान द्वन्द्वका बेला चर्चामा थियो ।

भारतले ७-८ मे राति पाकिस्तानले निशाना बनाउने प्रयास गरेको सैन्य अखडामध्ये आदमपुर पनि रहेको बताएको थियो ।

पाकिस्तानले आदमपुरमा रहेको एयर डिफेन्स सिस्टम एस–४०० नष्ट गरेको दाबी गरेको थियो ।

तर भारतले यो दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानको यो दावीमा कुनै सत्यता नभएको बताएका थिए ।

मंगलबार यस एयरबेसमा पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, “आज बिहान म एयर फोर्स स्टेशन आदमपुर गएँ र हाम्रा बहादुर वायु योद्धा र सैनिकहरूलाई भेटें। साहस, दृढता र निडरताका प्रतीक भएका मानिसहरूसँग हुनु विशेष अनुभव थियो।”