

सिरहामा लागुऔषध खैरो हिरोइन सहित ३ भारतीय र १ नेपाली पक्राउ ।
कोशी आवाज २०८२ भदौ १५ गते आइतबार ।
विराटनगर । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–१ स्थित भगवानपुर चौक नजिकैबाट प्रहरीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३ जना भारतीय नागरिक र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ।
गोप्य सूचनाको आधारमा खटिएको अस्थायी प्रहरी पोस्ट भगवानपुर, सिरहा को टोलीले चौकदेखि करिब १०० मिटर पश्चिमतर्फ चेकजाँच गर्दा उनीहरूबाट ४१.९७ ग्राम (प्लास्टिकसहित) र ४० ग्राम (प्लास्टिक बाहेक) खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको हो।
साथै उनीहरूले प्रयोग गर्दै आएको BR 32 AX 1483 नम्बरको 125CC पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। पक्राउ परेका व्यक्तिहरू यसप्रकार छन् :
मो. मिस्टर (२४ वर्ष), भारत, बिहार, मधुबनी, थाना लौकही, ग्राम झौहरी, घोवयाही–१
अख्तर हुसेन (३८ वर्ष), भारत, बिहार, मधुबनी, थाना खुटौना, ग्राम प्रसाही पुर्वी, मुरारपट्टि
मो. मुस्तफा (२३ वर्ष), भारत, बिहार, मधुबनी, थाना लौकही, ग्राम झौहरी, घोवयाही–१
आविद हुसेन (४२ वर्ष), नेपाल, सप्तरी, खड्क नगरपालिका–६
प्रहरीले उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याएको छ। हाल सम्मानित सिरहा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।