प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता ।

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता ।

कोशी आवाज २०८३ असोज ९ गते शुक्रबार ।

बिराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह ८१औँ संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका हुन्।

भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएको जनाइएको छ। उनले नेपाली युवा प्रतिनिधिमण्डलको पनि प्रशंसा गरेका थिए।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै सफल कार्यकालका लागि शुभकामना दिएका थिए। शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको विषय उठाएका थिए।

भेटवार्तामा नदी किनारका बासिन्दाको पुनर्वास, हरित पुनर्निर्माण तथा जलवायुजन्य विपद्बाट प्रभावित नेपालका लागि अन्तर्राष्ट्रिय सहयोग लगायतका विषयमा छलफल भएको बताइएको छ। साथै, अतिकम विकसित राष्ट्र (LDC) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्नुपर्ने विषयमा पनि कुराकानी भएको जनाइएको छ।

प्रधानमन्त्री शाहले त्यसपछि संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा नेपालका तर्फबाट सम्बोधन गरेका छन्।

#BalenShah #UNGA81 #AntonioGuterres #Nepal #UN #KoshiAawaj #NewsUpdate