

रङ्गेली तेतरी टोल अवस्थित १२ वर्षीय बालक करेन्ट लागेर गम्भीर घाइते ।
कोशी आवाज २०८२ साउन २० गते मंगलबार ।
मोरङ रङ्गेली । गए राती रंगेली नगरपालिका, वार्ड नं ७, तेतरी टोलका रामदेव मण्डलको छोरा, १२ वर्षीय सत्यम मण्डल, आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका छन्। उनलाई तत्काल उपचारको लागि कोशी अस्पताल, बिराटनगरमा ल्याई उपचार गर्दैछ।
प्रहरीले दिएको जानकारी अनुसार, सत्यमको अवस्था अहिले सामान्य रहेको छ र उनले बोल्नसक्ने स्थिति पनि छन्। यस घटनाले स्थानीय बासिन्दामा चासो र चिन्ता आफूले देखाई रहेको छ।
हामीले यस घटनाप्रति ध्यान दिनको लागि सम्पूर्ण समुदायलाई सचेत गराउँदै र सुरक्षामा ध्यान दिन अनुरोध गर्दछौं ।