खैरो हेरोइनसहित एक युवक पक्राउ ।
कोशी आवाज २०८२ माघ ३० गते बिहीबार
मोरङ, रंगेली । लागूऔषध खैरो हेरोइनसहित रंगेलीबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रंगेली नगरपालिका वडा नं. ४ चोप्राहा निवासी २६ वर्षीय विपिन कुमार मण्डल रहेका छन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले साँझ करिब १८:३० बजे उनलाई रंगेली नगरपालिका वडा नं. ७ स्थित अन्डरग्राउण्ड होटल नजिकबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिएपछि शरीर जाँच गर्दा उनले लगाएको निलो जिन्स पाइन्टको दाहिने गोजीभित्र कालो प्लास्टिकका दुई वटा पोका फेला परेका थिए। उक्त पोका खोली जाँच गर्दा दुवैमा लागूऔषध खैरो हेरोइनजस्तो देखिने लिसाइलो खैरो पदार्थ भेटिएको जनाइएको छ।
बरामद पदार्थ तौल गर्दा पहिलो पोकाको तौल प्लास्टिकसहित ४ ग्राम ९२० मिलिग्राम र प्लास्टिक बाहेक ३ ग्राम १५० मिलिग्राम रहेको तथा दोस्रो पोकाको तौल प्लास्टिकसहित ४ ग्राम १३० मिलिग्राम र प्लास्टिक बाहेक ३ ग्राम २८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित मण्डललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।