गगन थापा र विश्वप्रकाश शर्मा बुधबार बिहान पूर्णबहादुर खड्का को गोल्फुटारस्थित निवासमा पुगेर करिब साढे एक घण्टा छलफल गरे ।

गगन थापा र विश्वप्रकाश शर्मा बुधबार बिहान पूर्णबहादुर खड्का को गोल्फुटारस्थित निवासमा पुगेर करिब साढे एक घण्टा छलफल गरे ।

कोशी आवाज २०८३ बैशाख २३ गते बुधबार ।

बिराटनगर । गगन थापा र विश्वप्रकाश शर्मा बुधबार बिहान पूर्णबहादुर खड्का को गोल्फुटारस्थित निवासमा पुगेर करिब साढे एक घण्टा छलफल गरेका छन्। लामो समयदेखिको आन्तरिक विवादपछि भएको यो भेटलाई पार्टीभित्र संवाद र सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ।

भेटमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको जनाइएको छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको वैशाख ४ को निर्णयपछि देखिएको असन्तुष्टि कम गर्न नेताहरूबीच भेटघाट तीव्र पारिएको छ।

यसअघि सभापति थापाले शेखर कोइराला र रमेश लेखक सँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन्। नेताहरूबीच आपसी विश्वास पुनःस्थापना गर्दै पार्टीलाई एक ढिक्का बनाउने सहमति बन्दै गएको बताइएको छ।