राइजिङ इनरुवा युथ क्लबद्वारा सुनसरी बहुमुखी क्याम्पसलाई पुस्तक वितरण ।

राइजिङ इनरुवा युथ क्लबद्वारा सुनसरी बहुमुखी क्याम्पसलाई पुस्तक वितरण ।

कोशी आवाज २०८२ माघ १२ गते सोमबार

इनरुवा, सुनसरी । सामाजिक उत्तरदायित्वको भावना अनुरूप राइजिङ इनरुवा युथ क्लबले सुनसरी बहुमुखी क्याम्पसलाई पुस्तकहरू वितरण गरेको छ। विद्यार्थीहरूको अध्ययन–अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले क्याम्पस पुस्तकालयका लागि विभिन्न विधाका उपयोगी पुस्तकहरू उपहारस्वरूप प्रदान गरिएको हो।

कार्यक्रममा क्लबका अध्यक्ष महेश्वर शाह, सल्लाहकार लालबहादुर पण्डित, क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। क्याम्पस प्रशासनले यस्तो सहयोगले शैक्षिक वातावरण अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै राइजिङ इनरुवा युथ क्लबप्रति धन्यवाद ज्ञापन गरेको छ।

क्लबका प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।