मोरङ–२ मा जनतामाझ सबैभन्दा लोकप्रिय डा. मिनेन्द्र रिजाल, कांग्रेसको पक्षमा नतिजा दिन मतदाता तयार ।

मोरङ–२ मा जनतामाझ सबैभन्दा लोकप्रिय डा. मिनेन्द्र रिजाल, कांग्रेसको पक्षमा नतिजा दिन मतदाता तयार ।

कोशी आवाज २०८२ माघ १२ गते सोमबार ।

विराटनगर । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट सुजाता कोइरालालाई उम्मेदवार बनाएको थियो। तर उनी एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित हुन पुगिन्।

त्यसबेला नै सुजाताले जित निकाल्ने अड्कल कमै मात्र गरिएको थियो। उक्त क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका डा. मिनेन्द्र रिजाल नै उपयुक्त उम्मेदवार हुने जनभावना थियो। त्यसअघिको निर्वाचनमा कांग्रेस धेरै स्थानमा पराजित हुँदा समेत रिजालले भने विजय हासिल गरेका थिए।

मतदाता र स्थानीय जनताको विश्वास सुजाताको साटो रिजालले टिकट पाउनेमा थियो। तर तत्कालीन सभापति शेरबहादुर देउवाले उनलाई टिकट नदिएपछि कांग्रेसको पक्षमा नतिजा आउन सकेन।

यसपटक भने गगन थापा सभापति बनेपछि डा. रिजालले टिकट पाएका छन्। निर्वाचन क्षेत्र नम्बर २ को भूगोलसँग राम्रोसँग परिचित तथा जनताको दुःख–सुखमा साथ दिने नेताका रूपमा परिचित रिजालको छवि जनतामाझ सकारात्मक रहेको छ।

हाल उनी सर्वसाधारणको उल्लेख्य समर्थनसहित सक्रिय रूपमा चुनावी अभियानमा जुटिरहेका छन्। स्थानीयवासीहरू यसपटक रिजालकै पक्षमा नतिजा आउने विश्वास व्यक्त गरिरहेका छन्।

उनको लोकप्रियताको मुख्य कारण विकासप्रेमी नेतृत्व पनि हो। संघीय संसदमा रहँदा उनले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सडक, सिँचाइ, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेका थिए, जसको श्रेय जनताले उनैलाई दिएका छन्।

कुनै एक पालिकामा सीमित कामको प्रचार गर्ने अन्य उम्मेदवारको तुलनामा रिजाल दीर्घकालीन सोच र निरन्तरता दिने नेताको रूपमा परिचित रहेको स्थानीयको भनाइ छ।

डा. रिजाल भन्छन्, “गिरिजाबाबुको पालादेखि नै यो क्षेत्रका जनताको कांग्रेसप्रति गहिरो लगाव छ। म त्यो विश्वासलाई कायम राख्न अझ बढी मेहनत गरिरहेको छु।”