केरावारी–८ की छात्रा सन्ध्या साहको शव फेला ।

केरावारी–८ की छात्रा सन्ध्या साहको शव फेला ।

कोशी आवज २०८२ कार्तिक २४ गते आइतबार ।

मोरङ रंगेली मोरङको केरावारी गाउँपालिका–८ निवासी कक्षा ९ की छात्रा सन्ध्या साह चार दिनदेखि हराइरहेकी थिइन्। लगातार खोजीपछि उनको शव आज बिहान लावारिस अवस्थामा फेला परेको छ।

सन्ध्या मच्छिन्द्र माध्यमिक विद्यालयकी विद्यार्थी थिइन्। आइतबार विद्यालय गएकी उनी घर नफर्केपछि परिवारजनले खोजतलास सुरु गरेका थिए। स्थानीयवासी र प्रहरीको सहयोगमा खोजी जारी रहँदा उनको शव वडा क्षेत्रकै एकान्त स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको प्रकृति शंकास्पद रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ।

स्थानीयवासीहरूले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बालिका तथा किशोरीहरूको सुरक्षाबारे सरकार र सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। प्रहरीले घटनाका दोषी पत्ता लगाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
स्रोत : Nayanaya khabar
#koshiaawaj