भारी वर्षाले भत्किएको ड्रेन ३० दिनभित्र मर्मत गर्न रतुवामाई नगरपालिकाले निर्माण कम्पनीलाई निर्देशन ।

भारी वर्षाले भत्किएको ड्रेन ३० दिनभित्र मर्मत गर्न रतुवामाई नगरपालिकाले निर्माण कम्पनीलाई निर्देशन ।

कोशी आवाज २०८३ श्रावण २० गते बुधबार ।

विराटनगर । रतुवामाई नगरपालिकाले भारी वर्षाका कारण क्षति पुगेको कर्की चोक–डमरभिट्टा–जामबदी सडक आयोजनाअन्तर्गत निर्माण गरिएको ड्रेन ३० दिनभित्र मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ।

नगरपालिकाले श्री बिगा बी कन्स्ट्रक्ट एण्ड बिल्डर्स, दुहबी–४, सुनसरी लाई पत्राचार गर्दै ठेक्का सम्झौता नं. Rmun/NCB/Works/04/2081/82 अन्तर्गत निर्माण सम्पन्न भएको उक्त आयोजनाको ड्रेनको केही भाग भारी वर्षाका कारण भत्किएको उल्लेख गर्दै तत्काल मर्मत गर्न भनेको हो।

नगरपालिकाद्वारा जारी पत्रमा पत्र प्राप्त भएको मितिले ३० दिनभित्र भत्किएको ड्रेन मर्मत गरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिइएको छ।

रतुवामाई नगरपालिकाका इन्जिनियर गजेन्द्र कुमार साह द्वारा साउन १९, २०८३ मा जारी पत्रमा उक्त निर्देशन उल्लेख गरिएको छ।