धनपालथान–२ धरमपुरमा मोटरसाइकल ठक्कर, ७ वर्षीय बालक घाइते ।

धनपालथान–२ धरमपुरमा मोटरसाइकल ठक्कर, ७ वर्षीय बालक घाइते ।

कोशी आवाज २०८२ असोज २६ गते आइतबार ।

मोरङ रङ्गेली। मोरङ जिल्लाको धनपालथान गाउँपालिका–२, धरमपुरस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।

कर्सियाबाट अमाहिबरियातीतर्फ जाँदै गरेको को.१८–प.३५७६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका धनपालथान गाउँपालिका–६ निवासी बिकेश कुमार मण्डलका ७ वर्षीय छोरा रोहन कुमार मण्डललाई ठक्कर दिएको हो।

दुर्घटनामा बालकको बाँया खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि न्युरो अस्पताल, विराटनगर पठाइएको प्रहरीले जनाएको छ। बालकको अवस्था मध्यम रहेको बताइएको छ।

मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिन प्रहरी चौकी अमाहिबरियातीबाट टोली खटिएको थियो। मोटरसाइकल चौकीको नियन्त्रणमा रहे पनि चालक धनपालथान–२ निवासी ४६ वर्षीय सुरेश मण्डल हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।