विराटनगरमा खैरो हिरोईनसहित एक युवक पक्राउ ।

विराटनगरमा खैरो हिरोईनसहित एक युवक पक्राउ।

कोशी आवाज २०८२ असोज २ गते बिहीबार ।

विराटनगर । विराटनगर महानगरपालिका–१६ हुलास चोकमा इलाका प्रहरी कार्यालय रानी (सीमा) बाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेका एक पैदल यात्रुलाई शंका लागी चेकजाँच गर्दा लागुऔषधसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका–२ बस्ने ३५ वर्षीय शेरबहादुर खड्का पक्राउ परेका हुन्। उनको साथबाट खैरो हिरोइन जस्तो देखिने ०.९३ ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

खड्कालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।