प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता
कोशी आवाज
भदौ १६, २०८२ सोमबार 

 प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ।  शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच सोमबार भेटवार्ता भएको हो।

उनीहरुबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ।