

बिराटनगरमा सिटी सफारी दुर्घटना, तीनजना घाइते ।
बिराटनगर । मोरङको बिराटनगर–१० जतुवा यादवटोलस्थित भित्री सडक खण्डमा सिटी सफारी अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन्।
यादवटोलबाट देवकोटा चौकतर्फ आउँदै गरेको बिराटनगर १ ह ०५३१ नम्बरको सिटी सफारी अचानक अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेहरुमा—
चालक बिराटनगर–१० का शत्रुधन यादव, वायाँ आँखाको परेलि भागमा सामान्य चोट,
बिराटनगर–१० का १६ वर्षीय छोटु यादव, वायाँ कन्चट र चुईँडोमा चोट,
बिराटनगर–१० का २१ वर्षीय सुभाष यादव, टाउकोमा चोट, रहेका छन्।
घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई उपचारका लागि कोशी अस्पताल बिराटनगरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। दुर्घटनाग्रस्त सिटी सफारीलाई वडा प्रहरी कार्यालय वडा प्रहरी कार्यालय हाट्खोला मोरङको नियन्त्रणमा राखिएको छ।