रंगेली नगरपालिका–४ चोप्राहा स्थित भित्री सडक खण्डमा मोटरसाइकल ठक्कर लाग्दा एक बालक घाइते ।

रंगेली नगरपालिका–४ चोप्राहा स्थित भित्री सडक खण्डमा मोटरसाइकल ठक्कर लाग्दा एक बालक घाइते ।

कोशी आवाज २०८२ भदौ ९ गते सोमबार ।

मोरङ रङ्गेली । रंगेलीबाट चोप्राहा तर्फ जाँदै गरेको को.३७ प.८३३३ नम्बरको मोटरसाइकलले बाटो छेउमा हिँडिरहेका रंगेली–४ का श्रवण साहका ७ वर्षीय छोरा लक्ष्ये साहलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।

ठक्करबाट बालकको अनुहार, बायाँ हात, बायाँ खुट्टा र टाउकोमा चोट लागी उनलाई उपचारका लागि तत्काल रंगेली अस्पताल रंगेली ल्याइएको हो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

उक्त मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका–५ का ५३ वर्षीय शम्भु कुमार साहलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ। साथै दुर्घटनामा संलग्न मोटरसाइकल पनि नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ।