बंगाली समाज बिर्तामोड, झापा कमिटी द्वारा सोह्र नाम बतीस अक्षर
हरे कृष्ण हरे कृष्ण, कृष्णा कृष्णा हरे हरे हरे राम हरे राम,राम राम हरे हरे सार्वजनिक अखण्ड किर्तन

बंगाली समाज बिर्तामोड, झापा कमिटी द्वारा सोह्र नाम बतीस अक्षर

कोशी आवाज २०८२ वैशाख १७ बुधबार

हरे कृष्ण हरे कृष्ण, कृष्णा कृष्णा हरे हरे
हरे राम हरे राम,राम राम हरे हरे सार्वजनिक अखण्ड किर्तन

रंगेली। बिर्तामोड बजारको कलश यात्रा गरि आज देखी प्रारम्भ गरिएको छ । उक्त कलश यात्रा मा नेपाल राष्ट्रिय बांग्ला समाज का केन्द्रीय अध्यक्ष पार्थो सरकार, केन्द्रीय सदस्य एवं कोशी प्रदेश इन्चार्ज प्रमोद कुमार चक्रवर्ती, बिर्तामोड बंगाली समाज का चित्रो बर्मन, रोवि राजवंशी,दुलाल साह लगायत हजारौं को उपस्थिति रहेको थियो।

बंगाली समाजले आफ्नो कला संस्कृति झल्किने भेषभूषा, ढाकी,ऊलु जोगार एवं धुनी नृत्य समेत महिलाहरूद्वारा प्रस्तुत गरिएको थियो। वैशाख २० गते सम्म चल्ने अखण्ड किर्तनमा सहभागी भइ पुण्यको लाभ लिनको लागि आयोजक कमिटीले सबै संग आग्रह समेत गरेका छन्।