बिराटनगरमा मोटरसाइकल ठक्कर, बालक घाइते ।

बिराटनगरमा मोटरसाइकल ठक्कर, बालक घाइते ।

कोशी आवाज २०८२ भदौ ८ गते आइतबार ।

मोरङ रङ्गेली। बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थित भित्री सडक खण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक बालक घाइते भएका छन्।

मटेरुवाबाट बिराटनगरतर्फ आउँदै गरेको BR38AL 6598 नं.को मोटरसाइकलले विराटनगर निवासी ताविर आलमका ९ वर्षीय छोरा वारिस आलमलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बालकको बायाँ खुट्टामा चोट लागेपछि तत्काल उपचारका लागि कोशी अस्पताल, बिराटनगर पठाइएको र उनको अवस्था सामान्य रहेको बताइएको छ।

सो मोटरसाइकल चालक भारतको जोगबनी निवासी २९ वर्षीय मंटु कुमार दाससमेत घाइते भई उपचाररत रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट मटेरुवाले नियन्त्रणमा लिएको छ।