

चितवनमा १७ हजार ४ सय ट्रामाडोल क्याप्सुलसहित ७ जना पक्राउ
कोशी आवाज २०८२ भदौ ४ गते बुधबार ।
मोरङ रङ्गेली । चितवनमा ठूलो परिमाणको लागुऔषधसहित ७ जना व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–९ पारस बसपार्कस्थित न्यु धौलागिरी थकाली भान्सा घर एण्ड लज मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त लजको कोठा नं. १०६ बाट ७ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट Tramol–50 लेखिएको प्रतिबन्धित लागुऔषध १७४० पत्ता (प्रत्येक पत्तामा १० क्याप्सुल) गरी जम्मा १७,४०० क्याप्सुल बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरुमा–
१. चितवन माडी नगरपालिका–१ का २४ वर्षीय अनिष श्रेष्ठ
२. चितवन कालिका नगरपालिका–५ की २१ वर्षीया शान्ती गुरुङ
३. पर्सा ठोरी गाउँपालिका–२ टाउनका २१ वर्षीय विनायक तामाङ
४. पर्सा ठोरी गाउँपालिका–२ भन्ज्याङका २५ वर्षीय सूर्य लामा
५. पर्सा ठोरी गाउँपालिका–२ का १८ वर्षीय प्रदिप लामा
६. पर्सा ठोरी गाउँपालिका–२ का २४ वर्षीय प्रदिप न्यौपाने
७. भारत बिहार राज्य पश्चिम चम्पारण चनपटिया आरएस मछली हट्टा रोड वडा नं.७ का २४ वर्षीय आर्यन कुमार रहेका छन्।
उनीहरुलाई लागू औषध सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।