प्रधानमन्त्री बालेन्द्र शाहद्वारा उद्योगी–व्यवसायीसँग छलफल ।

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा उद्योगी–व्यवसायीसँग छलफल ।

कोशी आवाज २०८३ भदौ २६ गते शुक्रबार ।

बिराटनगर । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी–व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी हुनुहुन्छ।

छलफलमा मुलुकको समग्र आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको बताइएको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहने जनाइएको छ।

#KoshiAawaj #NewsUpdate #प्रधानमन्त्री #बालेन्द्रशाह #उद्योगी #व्यवसायी