

मोरङ रंगेली नगरपालिका वार्ड नं ३ आमतोला: प्रहरीले ३० केजी सुर्ति नियन्त्रण ।
कोशी आवाज २०८२ साउन २५ गते आइतबार ।
मोरङ,रङ्गेली । रंगेली नगरपालिका वार्ड नं ३ स्थित आमतोला क्षेत्रमा प्रहरीले एक महत्वपूर्ण कार्यवाही गर्दै अवैध रूपमा भारतबाट नेपालतर्फ लोड गरिएका १ बोरा सुर्तिलाई नियन्त्रणमा लिएको छ। घटनाको समय, प्रहरीले टोलिलाई देख्नासाथ मानिस मोटरसाइकल लिएर फरार भएका थिए।
प्रहरीका अनुसार, बरामद भएको सुर्तिको वजन लगभग ३० केजी रहेको छ, र यसको मूल्य १६,००० नेपाली रुपैयाँको अनुमान गरिएको छ। फालिएका सुर्तिलाई अस्थायी रूपमा बेतौना प्रहरी पोष्टमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस घटनामा संलग्न व्यक्तिहरुको चिन्हाई तथा खोजी कार्य जारी राखेको जनाएको छ, र यस किसिमका अवैध क्रियाकलापको निषेध गर्नका लागि थप कदम चाल्ने इलाका प्रहरी कार्यालय रङ्गेली प्रमुख प्रहरी निरीक्षक नरेन्द्र बोकेटीले प्रतिबद्धता व्यक्त गरेको छ।