

पत्रकार किरण न्यौपानेद्वारा अतिविपन्न परिवारलाई आर्थिक सहयोग ।
कोशी आवाज २०८२ साउन २३ गते शुक्रबार
मोरङ,रङ्गेली । रङ्गेली नगरपालिका वार्ड नं ६ का पत्रकार किरण न्यौपानेले हाल अमेरिकामा बस्दा पनि समाजका समस्याहरूलाई उजागर गर्दै आइरहनुभएको छ। उहाँले हालै अनलाइनमा प्रकाशित एउटा समाचार देखेर विपन्न परिवारलाई ९ हजार ७ सय रुपैयाँ सहयोग गर्नुभएको छ। उक्त रकम धनपाल गाउँपालिका वार्ड नं ४ का वडा अध्यक्ष श्रीराम चौधरीको हातबाट सो परिवारलाई हस्तान्तरण गरिएको छ। यस अवसरमा समाजसेवी विकास शिवाकोटीले पनि विशेष योगदान गरेका थिए।
न्यौपानेको यस सहयोगले स्थानीय समुदायका लागि आशा र सम्भावनाका नयाँ द्वार खोल्नमा मद्दत गर्ने विश्वास गरिन्छ। विपन्न परिवारलाई प्राप्त यो सहयोगले उनीहरूको जीवनस्तर उकास्नमा सहायक हुनेछ।
समाजमा यस्ता सहयोगी कदमहरूले मानवता र सहानुभूतिसाथको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।